बाबु यसरी पढ्नु है

   मेरो छोरा हिम्मत थापा मगरले कसरी अब्बल दर्जाको नागरीकका लागि अध्ययन गरी राखोस भन्ने चाहनाले मनमा नाना भातीका कुरा फुर्सदमा खेली रहने गर्दछ । पर्याप्त समय छोरा छोरीका लागि दिन नसक्दाको परिणाम कतै खराब सन्ततीको भागीदार हुने त होइन र समाजका अगाडी सफलताको संघर्षको कथा सुनाउन लायक होओस भन्ने लागेको छ । छोरा हिम्मत बाबुले यसरी पढ है भन्दै श्रङखला १ भन्दा फरक शैलीमा आलेख तयार पारेको छु । आशा छ कि थुप्रै बाबु नानी र उनका अभिभावकका लागि प्रेरणाको श्रोत बन्नेछ । क्रिया प्रतिक्रिया,राय,सुझाव निरन्तर आइरहने छ । हुन मानिसलाई सुचना र प्रविधिले वेफुर्सदिलो बनाएको छ । सामाजिक सञ्जालले असामाजिक प्रवृत्तिमा समाजलाई डोरयाएको छ ।
   छोरा हिम्मतले कक्षा २ मा पढने बेलामा कान्छो अकंल दिपक थापालाई बोलाएर पढन लागेको फोटो खिची प्रिन्ट गरेर ल्याइदिन भनेको थिए । सो फोटो अहिले घरको भित्तामा झुन्डीएको छ । सो फोटोलाई मैले फेसबुकमा अपलोड गरेको थिए । छोराको सोचमा निरन्तर शिक्षा र अध्ययनमा परिरहोस भन्नका लागि हो । मैले प्रत्येक विद्यार्थीहरुले आफुले पढ्न लागेको फोटो खिचेर फेसबुकमा अपलोड गरी भाइरल बनाउन समेत अनुरोध गर्दछु । ताकी फेसबुकमा खाली विवाह, पार्टी, भ्रमण, रमाइलोका फोटोहरु मात्र राख्ने गर्दछन । ति फोटोहरुले तपाईको सोच,विचार र शिक्षामा खासै फरक पार्दैन । फलानाले त फेसबुक पनि पढन लागेको फोटो खिचेर राखेछ । त्यसले त खुब कसिएर पढेको छ है भन्ने पारेपनि फोटो खिचेको चेतना र सोचमा ढक्का हानेको हुन्छ । त्यसैले प्रत्येक अभिभावकलाई अनुरोध छ कि आफना छोरा छोरीको अध्ययन गर्न लागेको फोटो खिचेर राख्नका लागि अनुरोध गर्दछु ।
   अहिले गाउँ शहरमा जन्मदिन मनाउने चलन खुब खर्चिलो तरिकाले बढेको छ । जन्मदिन भडकिलो तरिकाले नमनाएमा अपमानित हुने संस्कारको विकास हुदै छ । जति खर्चमा जन्मदिन मनाउने गरिन्छ त्यति नै बजेट बराबरको सामाग्री वा लगानी शैक्षिक क्षेत्रमा लगानी गर्ने संस्कारको विकास गरेमा कति हो कति फरकपना आउने थियो । जन्मदिन मात्र हैन नयाँ वर्ष,हरितालिका तिज,दशै,तिहार,बकर इद, छठ, माघे सक्रान्ति,लोकतन्त्र दिवस,संविधान दिवस,बाल दिवस लगायतमा उपहार आदान प्रदान पुस्तकलाई नै माध्यम बनाएपनि अध्ययन संस्कृतिको विकासमा महत्वपुर्ण टेवा पुग्न सक्नेमा विश्वास दिलाउन सकिन्छ ।
म.म.र चाउमिन खाने चलन नेपाली समाज जर्बजस्ती भित्रीएको छ । नेपाली बालबालिकाहरुले खाजाको रुपमा जसो तसो म.म. र चाउमिन खान्छन् । मैले खाजालाई शैक्षिक गन्तव्य तिर जोडन खोजेको हो । म.म. र चाउमिन खाजा खाने समयमा दैनिक एक रुपियाँ न्यूनतम खर्च भएको हुन्छ । सात दिन म.म. खाजा खाएमा सात सय रुपियाँ खर्चिन्छ । तिस दिन मं.म. खाजा खाएमा तिन हजार रुपियाँको खर्च हुन्छ । भनाइको मतलब मैले म.म. खाजा खान नै हुदैन भनेको होइन । हप्तामा खाजा खाने बजेटलाई कम्तिमा मुना पत्रिका,युवा मञ्च पत्रिका,बाल कथा पुस्तक तथा जीवन जगत बुझने र विश्वलाई बुझने पुस्तक खरिद गरि अध्ययन गरेमा नेपाली समाजमा बढदो विकृति र विसंगतीलाई न्युनीकरण गर्न टेवा पुग्ने थियो ।
   दया लाग्दो जिवनशैली निर्वाह गर्नका लागि अध्ययनको आवश्यकता पर्दैन । छोरालाई नाम अनुसारको हिम्मतीलो बन्नको लागि दया लाग्दो जिवनशैलीले छि छि र दुरदुरको अवस्थामा पुरयाउँदछ । त्यसैले डाह लाग्दो,लोभ लाग्दो,कुशल व्यक्तित्व भएको परिपक्क जीवन शैली यापनका लागि उच्च ज्ञान हासिल गर्नु बाहेक अर्को विकल्प छैन । डाह लाग्दो जिवन शैलीका सुचकहरु हासिल गर्नका लागि सगत गुनाको फल भन्ने उक्तिले पनि सार भुतमा प्रभाव पारेको हुन्छ ।
   लक्ष्य, उद्धेश्य प्राप्तीका लागि पागल हुुनु पर्ने छोटकरीमा भन्ने चलनको विकास भएको छ । पा भन्नाले पाउनको लागि, ग भन्नाले गतिशिल भएर, ल भन्नाले लगनशील भएर वा लगातार रुपमा उज्जवल भविष्यका लागि लागी रहनुको औचित्य पुष्टी गर्नु बाहेक अर्को विकल्प नभएको व्यहोरा अवगत छोरालाई हुनु पर्दछ । बाबाको अर्थ बाचुन्जेल सम्म, बाटो देखाइरहने मार्गदर्शक भएको र आमाको अर्थ आखिरी समय सम्म माया निस्वार्थ रुपमा गरीरहने भएकोले बाबा आमाको प्यारो छोरा हुन सधै कर्तव्य परायणन हुनु छोरा हिम्मत । संर्घष पिता सिक्नुस, संस्कार आमाबाट सिक्नु, बाँकी सबथोक दुनियाले सिकाइदिन्छ त भन्छन् । तर कुलत,कुसंस्कार सिकाइदिने लतमा फस्यौ भने अन्धकारयुक्त भविष्य उज्यालो दिशानिर्देशका साथ रुपान्तरण होला भन्नेमा द्धिविधा रहन्छ । भारतका स्वर्गीय राष्ट्रपति अब्दुल कलामले सपना त्यो हो जसले मानिसलाई सुत्न दिदैन । त्यस्तो सपनाले मानिसलाई गतिशिल बनाउदछ । भनेकोले भविष्य अन्धकार छ । भुत काल ख्याल वास्ता नगरी बिति गयो । भुत कालको समयबाट पश्चाताप गरी शिक्षा लिनु बाहेक कुनै महत्व छैन । वर्तमान समय सबभन्दा महत्वपुर्ण भएकोेले छिन घडी समय खेर नफाली उपयोग गरिरहनु है छोरा हिम्मत ।
   बुद्धि बंगाराको कथा पनि छोरालाई बताउनै परयो । औसतमा मानिसहरुको दाँत बत्तिस वटा रहन्छ । बुद्धि बंगारा आउने उमेर औसतमा २९ वा ३० वर्षमा आउँछ । कसैको सो उमेर भन्दा पनि बढी उमेरमा आउँछ । बुद्धि बंगारा आएको उमेरमामात्रा मान्छेको चेतनास्तर बढने,बुद्धि पलाउने ,विचार निर्माण हुने,पाकोपनाको विकास हुने गर्दछ । बुद्धि बंगारा ढिलो आउँछ तर छिटो किराले खाएर झर्छ । त्यस्तै हुन्छ मानिसको चेतना स्तर पनि । बास्तविकता टिनेजर उमेरमा नै बुद्धि बगारा आउने समयमा पलाउने बुद्धिले बास्तवमा अर्थ लाग्दछ ।बुद्धि बंगारा पलाउने उमेरमा आफुले जिवनमा परिमार्जन गर्ने,व्यक्तित्व निर्माण गरेर, स्वाबम्लवी नागरीक भई, सिजर्नात्मकतामा आधारित भै बुद्धि, विवेक, दिमाग, चेतना,
प्रतिफल, नतिजा, परिणाम देखाउने गरि अध्ययनलाई सार्थकतामा परिणत गर्ने हो ।
नेपाली संगीत बजारमा चर्चित गित साइली चालिस कटेसी रमाउला भन्ने गित छ । गितको बिरोध गरेको होइन । गितको भावना, अर्थ फरक बुझाइ अनुसार होला । उत्प्रेरणाका हिसाबले विश्लेषण गर्दा उमेर चालिस नाघे पछि धेरै रोगले बास गर्न थाल्दछ । अलिकति बढी दुई गाँस खाएमा शरिरले पचाउन सक्दैन । हाड,जोर्नी दुख्न थाल्दछ । आँखाको दृष्टिमा गिरावट आउन थाल्दछ । छोरा छोरीले आर्थिक हैसियत भन्दा बढीको माग राख्न थाल्दछन् । कालो कपाल सेतो हुन थाल्दछ र बुढयौलीले छोयो अब केही गर्न सकिदैन भन्ने निराशाबादी सोचको विस्तार हुदै जान्छ । साथी संगी, इष्ट मित्र समेत आफनै गन्तव्यमा व्यस्त हुँदै बलेको आगो ताप्ने,निभेको आगो माथि कुल्चदै जाने गर्दछन् । अनि गितले भने जस्तो चालिस कटेसी रमाउने दिन कसरी आउँछ । चालीस वर्षको उमेर भन्दा अगाडी नै रमाउने,संघर्ष गर्ने,व्यक्तित्व विकास गर्ने तिर ध्यान पुग्ने गरी बालपन,किशोर अवस्थामा अत्यधिक मात्रामा नथाकीकन अध्ययनलाई मुल मन्त्र मानेर अध्ययन गर्ने हो कि भन्ने लाग्दछ छोरा । यस विषयमा शिक्षक, शिक्षिका, साथी भाई, काका काकीहरुसँग रक्सी नखाएको समयमा बहस, छलफल, पैरवी चलाएर अझ विस्तार र विवेचना गर्नु है ।
छोरा हिम्मत बाबु नेपाली समाजमा सरदर मान्छेको आयु ८० वर्षलाई औसतमा बाँच्ने गणना गरेर विश्लेषण गरौ । असी वर्षको उमेर सम्म बाँच्ने मानिस औसतमा चालीस वर्ष सुत्छ । असी वर्षको समयमा बिरामी भएर,झाडा पखाला,ज्वरो लगायत रोग लागेर कम्तीमा पाँच वर्ष बिताउँछ । असी वर्षको उमेर भित्र नै
खाना, खाजा, चिया, रक्सी,
फलफुल, पानी खाने समय
सरदरमा हिसाब गर्दा दश वर्ष समय बिताउँछ । असी वर्षको उमेर भित्र नै दिशा पिसाब गर्ने, नुहाइ धुवाइ गर्ने,कपाल काटने,कोर्ने, दाँत माझने काम नियमित नै गर्नुपरयो । विबाह कार्यक्रममा, जन्मदिन मनाउने, मृत्यु संस्कार (मलामी) सहभागी हुनु पर्ने, झै झगडा गर्दा कचहरी, प्रहरी प्रशासनमा मिला पत्रका लागि जानु पर्ने,मेला महोत्सवमा सहभागी हुन जानु पर्ने गर्दा पनि आयु घटि रहेको नै हुन्छ । यसको मतलब त्यसमा सहभागी नहुने भनेको होइन । सामाजिक प्राणीका हिसाबले सहभागी अनिवार्य हुन्छ । भेडा बाख्रा,कुखुरापालनमा ध्यान दिनु नै पर्ने हुन्छ । फिल्म हेर्ने, गित सुन्ने, भिडियो हेर्ने, टेलिभिजन हेर्ने, भिडियो गेम खेल्ने गर्दा समेत समय खर्च भएको हुन्छ । जिवनका उकाली ओरालीमा अर्थपूर्ण तरिकाले अध्ययन गर्ने, उर्जाशिल समय उमेरलाई हिसाब किताब गर्दा पाँच,सात वर्ष भन्दा बढी हुदैन । भनाइको मतलब समयको अनावश्यक बर्बादी नगरी असल संस्कार सिक्न,आत्म बल बढाउन,इज्जतिलो बन्न,अध्ययनशील संस्कृतिको विकास र विस्तार गर्न समय ज्यादै थोरै छ । थोरै समयलाई बढी उपयोग गरेर फराकिलो दायरा बनाउनमा कडा मेहनत गर्नुको विकल्प छैन है भनेको हो छोरा हिम्मत । पुस्तकालयको स्थापना विद्यालयहरु, सामुदायिक स्तरमा भएपनि अबका शिक्षित समाजमा सामान्य स्तरको पुस्तकालय घर घरमा नै हुनुपर्दछ । पुस्तकालय बिनाको घरपरिवारमा अध्ययन संस्कृतिलाई मलजल गर्ने वातावरण हुदैन । पुस्तकालयको महत्व, स्थापना, पुस्तक संकलन गर्ने बानीको विकासले अध्ययनका लागि सहयोगी भावनाको मैत्रीपूर्ण सोचको विकास हुन्छ । सुझाव , सल्लाह दिने श्रङखला आगामी दिनमा पनि निरन्तर रुपमा रही रहने छ । पढ है भन्ने मनोभाव भित्रको तर्क वितर्कलाई विश्लेषणात्मक तरिकाले फाइदाजनक बनाउनका लागि आजीवन रुपमा लगाउनका लागि जरुरी भएको हुन्छ ।