छोरालाई पढ्न सल्लाह र सुझाव (भाग ३)

मेरो छोरा हिम्मत थापा मगरलाई अध्ययनशील र असल नागरिकसहित संघर्षमा नआत्तिने बनाउने श्रृङखलामा आज फरक विषयमा तेश्रो श्रृङखलामा लेखनीको थालनी भएको छ । विद्यालयमा शिक्षकशिक्षिकाले जिवनी, निबन्ध, कथा, कविता, गित, यात्रा संस्मरण लगायतका विषयमा अध्ययन गराए होलान् । वार्षिक परिक्षामा प्रथम स्थान हासिल गर्न र अब्बल दर्जाको विद्यार्थीहरु बिचमा झोलाका किताबहरुका अतिरिक्त बाह्य पुस्तक पत्रपत्रिका अध्ययन जरुरी छ । तर मैले भने फरक हिसाबले अर्थ लगाउँछु । किनकी अहिलेको दुनियाँ डिजिटल मिडिया र सुचना प्रविधिका कारणले फरक भएको छ । इन्टरनेट र प्रविधिको जमानामा थुप्रै साहित्यकार, वैज्ञानिक, गितकार, राजनेता, सामाजिक अभियन्ता, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी,लेखक, उपन्यासकार, निबन्धकार, इन्जिनियरको जिवनी अध्ययन गर्दै आफनै घरपरिवारका बाजे बराजुका इतिहास खोजी नीति गर्दै जीवनीलाई लिपिबद्ध गर्नुपर्ने हुन्छ । त्यस्तै विद्यालयमा वर्षमा कम्तीमा पाँच वटा कविता, निबन्ध, गित अनिवार्य पढनुको अलावा पुस्तकालय, पुस्तक पसल, विभिन्न बेवसाइटहरुमा भएको थुप्रै कथा, कविता, निबन्ध, गित, यात्रा संस्मरणहरु गुणात्मक विशेषताको तरिकाले स्वअध्ययन गरी सोच विचारमा फराकिलोपना विस्तार र पहुँच हासिल गर्नमा अल्छीपना गर्नुहुदैन ।
मन्दिरमा बस्ने जोगीहरुले भिक्षा माग्दछन् । दिनदुःखी, अपाङगता भएका मानिस समेत जिवनयापनका लागि याचना गरिरहेका हुन्छन् । तर मैले छोरालाई बुद्धिजिवी, अभिभावक, शिक्षकशिक्षिका, बाबाआमा, काकाकाकी, हजुरआमा, हजुरबाबा, साथीहरुसँग शिक्षा, सुझाव, पुस्तक, ज्ञान, विवेक, शिष्टता मागेर बाबु छोराको नाम जत्तिकै आँटिलो, हिम्मतिलो, साहसिलो बनी आत्मनिर्भर बन्नका लागि निरन्तर लागि पर्नु है । साथीहरुसँग फुर्सदको समयमा मैले लेखेको सुझावलाई बहस, छलफल, पैरवी गरी तर्क, वितर्क गरी व्यक्तित्व कलाको विकासमा अभिवृद्धि गर्न सक्छौ । पत्रकारितालाई राज्यको चौथो अगं भन्छन् । संचार मिडियाको जानकारी लिदै मुना पत्रिका, युवामञ्च मासिक, अन्तराष्ट्रिय मञ्च, नेपाल, हिमाल साप्ताहिक, गोरखापत्र, नागरिक, कान्तिपुर, अन्नपुर्ण पोष्ट, कारोवार, नयाँ पत्रिका दैनिक, सेतोपाटी अनलाइन, रातो पाटी दैनिक, अनलाइन खबर, उज्यालो नेटवर्क, बिबिसी नेपाली सेवा, आर्थिक अभियान दैनिक, नारी, नागरिक परिवार, जनमत मासिक, राजश्व, प्रशासन, कामाद, विकास लगायतका मिडियामा भएका समाचार, विश्लेषणमा अपडेट हुने अभिरुची बढाउनु पर्दछ ।
मानिस समाजमा बस्ने राजनीतिक प्राणी हो । राजनीतिलाई राज्यको मुलनीति निर्माण गर्ने मुल प्रवाहले अंगालेको हुन्छ । छोरा हिम्मतको राजनीतिक विचार कुनै पार्टीमा सिद्धान्त, विचार, कार्यनीति, सांगठनिक संरचना, नेतृत्वलाई बुझेर होला । तर समय मिलाएर नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, संघीय समाजबादी फोरम, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सबै पार्टीका सिद्धान्त, विचार, दृष्टिकोण, संगठन संरचनामा जानकार हुनुपर्दछ । बजारमा हुने आमसभा, खुल्ला बहस कार्यक्रमहरु समय व्यवस्थापन गर्दै सहभागीता जनाउने पर्ने हुन्छ ।
टेलिभिजन कार्यक्रमहरु भरपुर तरिकाले उपयोगमा ल्याउनु पर्ने हुन्छ । दिशानिर्देश कार्यक्रम, सुमनसँग, शलभसँग, समकोण, साझा सवाल, पर्यटन यात्रा, लोक संस्कृति झल्काउने कार्यक्रम, अन्र्तवाता, तक टु सो, हेर्ने कथा लगायत सामाजिक चेतना जगाउने, विचारमा विस्तार गर्ने तथा छनौट गरेका विषयले समानान्तर तरिकाले ज्ञानबद्र्धक, स्वस्थ मनोरञ्जन लिने हिसाबले प्रयोगमा ल्याउनु पर्दछ । बागलुङ बजारमा भएका जिल्ला अदालत, उच्च अदालत, लोक सेवा आयोग, निर्वाचन आयोग, जिल्ला प्रहरी, मालपोत, नापी, स्वास्थ्य, पशु सेवा, यातायात कार्यालय, नेपाल टेलिकम, जिल्ला प्रशासन, जिल्ला सरकारी वकिल, सिँचाई, खानेपानी, डिभिजन भवन र सडक कार्यालयमा समेत भ्रमण गरी काम, जिम्मेवारी, जनशक्तिका बारेमा जानकारी लिनु पर्दछ । कुन विषय अध्ययन गरेपछि उल्लेखित कार्यालयहरुमा कामकाज गर्ने जनशक्ति हुन सकिने हो त्यस विषयमा जानकारी लिनु विद्यार्थीहरुको लागि अति उपयुक्त हुन्छ । फिल्म हल, म.म.रेष्टटुरेन्टका बारेमा चिनाउनु नपर्ने तर बालबालिकालाई सामाजिकीकरण गर्ने प्रक्रियामा संस्थागत हिसाबले चाल चलन, रीति रिवाजका विषयमा जानकारी गराउनु पर्ने भएको छ ।
भरसक आफैले पत्रपत्रिका, पुस्तक छनौट गरेर किनेर अध्ययन गर्ने बानी राम्रो मानिन्छ । मैले पढ्नुपर्छ है भन्दै मुना, युवामञ्च, कोपिला, जुनकिरी लगायत पत्रिकालाई संकलन गरे जस्तै भोलिका दिनमा व्यक्तिगत प्रयोग गर्ने हिसाबले पुस्तकालय निर्माण गर्नुपर्ने योजना बुन्नु छोरा हिम्मतका लागि र समाजका लागि राम्रो हुन्छ । हुन त आजभोलि डिजिटल मिडियाको जमानामा ल्यापटप, मोबाइल, टयापलाई राम्रोसँग व्यवस्थापन गरेमा संसार अध्ययन गर्ने विषयवस्तु सजिलै पाउँछन् । तर नेपालको सन्दर्भमा अझै सुचना प्रविधिमैत्री समाज निर्माण नभएको र विश्व बजारको तुलनामा महँगो गरिब देशका नागरिकले इन्टरनेट प्रयोग गरेको अवस्था छ । ई–लाइब्रेरीको उपयोग गर्न सक्नु पर्ने हुन्छ । मोबाइलमा शिक्षामुलक एप्लिकेशन प्रशस्त मात्रा रहेकोलाई बढी मात्रामा प्रयोग गरेमा समेत बढी उपयोगी हुन्छ ।
जति समय फिल्म, गित, टेलिभिजन, मोबाइलमा समय खर्च वा बितेको हुन्छ । त्यो भन्दा बढी पुस्तकसँग बिताउने गर भनी सकेको छु । किनकी तिम्रो असल स्थायी साथी पुस्तक हो । विद्यालयको गृह कार्य छैन, परिक्षा आएको छैन भने स्व–अध्ययन गरी शब्द भण्डार बढाउनको लागि अक्सफोर्ड डिक्सनरी, नेपाली बृहत शब्दसागरको शब्दकोष सिध्याए पनि हुन्छ । पढ्नु भने कै शब्दको भण्डार निर्माण गरी धेरै शब्द निर्माण गरी शब्दमा खेल्नु हो । बहुआयामिक, बहुप्रतिभा हासिल गर्ने समय विद्यार्थी कालको समय नै हो । कुनैपनि दिन अब दिबस बिनाको छैन होला । हिन्दु धर्म, बौद्ध धर्म, क्रिश्चियन, मुश्लीम, किराँत धर्म लगायतका चाडपर्व, कला संस्कृतिका विषय पर्ने जानकारी राख्नु पर्ने हुन्छ । पुस्तकालय, मित्रता, बाल, कानुन, विद्यार्थी, नारी, मुक्ति, प्रेस, संविधान, श्रमिक दिवस लगायत विविध सन्दर्भको नारा, इतिहास, महत्व र किन मनाउन थालिएको हो र किन हालको सन्दर्भमा बढी उपयुक्त छ ? भनी साक्षात्कार हुनु नागरिक हिसाबले अनिवार्य भएको छ । बढीमा सचार जगतमा प्रेम दिवस खुब चर्चा रहन्छ तर दैनिक जिवनमा प्रयोगमा आउने दिवसका नाराहरुको बारेमा शिक्षा लिनु आवश्यक छ । नर्स, स्वास्थ्य, क्षयरोग दिवस, स्वयंसेविका लगायत स्वास्थ्य क्षेत्रमा दिवस नै दिवस छन् । हुलाक, प्रहरी, सेना, अपांग, दलित, विद्युत दिवस लागयत थुप्रै हत्याकाण्ड, स्मृतिका विषयमा जानकार हुनै पर्दछ । विश्व अहिंसा, विश्व शान्ति, संयुक्त राष्ट्र संघ दिवसको विश्लेषात्मक ज्ञान हुनु आवश्यक छ ।
तिम्रा साथीहरु कुलतमा लागेका, रक्सी, चुरोट खाने, गाँजा चरेश, रक्सी खाने हुन सक्दछन् । बाबा आमाको अगाडी खान्न भन्ने तर साथी भाइको माझमा मज्जाले खाने तर छरछिमेकीले फलानाको छोराले खान्छ है नभनीदिने चलन समाजमा व्याप्त छ । छोरा बिग्री सकेपछि अन्त्य अवस्थामा पुर्नस्थापना केन्द्रमा उपचार गर्ने अवस्थामा थाहा हुनु पश्चातापमा पर्नु बाहेकको विकल्प छैन ।उपहार पुस्तक लिने दिने संस्कारको विकास तिमी आफैबाट गर्नुपर्दछ । गाऊँ समाजमा पुस्तक लिएर अध्ययन गर्न बस्दा खिसी टिउरी गर्ने, मजाकको विषय बनाउने, पढेर हात्ती ठुलो भएको हो र भन्ने जस्ता नकारात्मक सोच र विचारले ग्रस्त भएको पाउन सकिन्छ । बहुमत भन्दा अल्पमतको संख्यामा अध्ययन गर्ने मानिसहरुको बस्ती बिचमा उत्कृष्टता खोज्दै बहुमतलाई अशिक्षित, असंन्तुलित संस्कारलाई चिर्दै जानु पर्ने भएको छ । सुखी र समृद्धि नेपालीको सपना साकार बनाउनको लागि तिमी जस्ता बालबालिकाहरु कर्णभार नभै कर्णधारमा रुपान्तरण हुन जरुरी भएको छ ।
फोटो संकलन अभियान हरेकमा हुनुपर्दछ । मन परेका फोटोहरुको संकलन, फोटो पत्रकारिताको ज्ञान सिप हासिल भएपछि यात्रा र भ्रमणको क्रममा पछिल्ला दिनका लागि सम्झना योग्य शैक्षिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, एतिहासिक विषयवस्तु बनाउन सकिन्छ । तर जिन्दगीभरि सम्झनायोग्य फोटो तिमी आफैले अध्ययन गर्न लागेको र साथीहरु बिचमा अध्ययन गर्न लागेको फोटो खिची सो सकंलनमा ध्यान दिएमा पक्कै फलदायी हुने छ ।
भ्रमण गर्ने बानीको विकासले आत्मबल बढने, विविधताको जानकारीले अनुभवमा अभिवृद्धि हुने, भौगोलिक अध्ययनले व्यक्तित्व विकासमा टेवा पुग्ने बानीको बिकासमा योजनाबद्ध तरिकाले लाग्नुपर्दछ । साथीसँगीमा भ्रमण गर्ने योजना बनाई विविधतामा रमाउने क्षमताका विकास गर्नुपर्दछ । लेखन शिपको विकास दैनिकी, सामान्य ज्ञान संकलन, कविता लेखन गर्दै जाने र बाक्य गठनमा सबलता हासिल गर्ने क्षमताको विकास गर्नमा सिकारु पाराले नै लाग्नु पर्दछ । सिकारु पाराले शुरुवात गर्दागर्दै पाकोपनाको विकास र अनुभवसिद्ध हासिल गर्ने हो । जुन विषयमा अभिरुची बढ्छ सो विषयमा लगाव बढदै गएमा सफलताको लागि संघर्ष गर्न तिता शब्दमा सुझावका शब्द छोरालाई खर्च गर्नु पर्दैन । हाजिरजवाफ प्रतियोगिता, भाग लिनुपर्छ । असफलताले सफलता हासिल गर्न सिकाउँछ । सहभागीले अन्र्तमनको हिनताबोधलाई निर्मुलीकरण गर्नमा सहयोग गर्दछ । हिनताबोध र लाजको पोका अग्रगामी सोच र पाइलाका बाधक हुन भन्ने बुझाइ सारभुत रुपमा हुन सकेमा छोरामा स्वतः आत्मविश्वासको अभिवृद्धि हुनेछ । बाबासँग मागेको पैसा वा बाआमाले दिएको पैसाले म.म., चाउमिन, बिस्कुट, पानी पुरी, चटपट मात्र खाने हैन । कथा, कविता, निबन्ध, बाल कविताका पुस्तक छनौट गरी किन्ने परिपाटीको विकास गरी शिक्षा, बुद्धि खाने खुराक किनेमा बल्ल बाबा आमा खुशी र समृद्धि हने छन् है ।