खानेपानी र बिजुली कहिले पाउने ?

जनतासंग जनप्रतिनीधि कार्यक्रम भिमपोखरामा सम्पन्न

बागलुङ, २४ भदौ – बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका स्थानीय वडाभित्र खानेपानी र बिजुली सेवाबाट आजित भएको गुनासो गरेका छन् । नेकपा काठेखोला गाउँपालिकाले संचालन गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमका सहभागीले आफ्ना प्रतिनिधिसँग वडाका सबै वस्तीमा स्वच्छ र सुविधायुक्त तरिकाले खानेपानी सेवा विस्तार गर्न माग गरेका हुन । सबै नागरिकको घरमा धारा पु¥याउनु पर्छ स्थानीय इश्वर श्रेष्ठले भने–‘विकास निर्माणको काममा जनताको सहभागीताले मात्रा दिगो र पारदर्शि विकास सम्भव छ ।’ श्रेष्ठले साविकको धम्जा ४, ५, ६ र ७ वडामा खानेपानी, तथा बिजुलीको समस्या रहेको उल्लेख गरे । स्थानीयले सडकको गुणस्तर, सामुदायिक विद्यालयको दयानिय अवस्था लगायतका विषयमा जनप्रतिनिधिसँग गुनासो राखेका थिए । कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश कमिटी सदस्य हिराबहादुर केसीले वडाका समस्यालाई तत्कालिन र दीर्घकालिन योजना बनाएर समाधान खोज्ने बताए । कार्यक्रममा प्रतिनिधिसभा सांसद डा. सूर्य पाठकले समाजलाई नैतिकवान र जिम्मेवार नागरिक बनाउनु वर्तमानको प्रमुख समस्या भएको उल्लेख गरे । ‘हाम्रा मानसिकता भावनामा बहकिदै छन’् उनले भने– ‘नीति, नियम र प्रक्रियालाई बलमिचाईले मार्न सकिदैन ।’ स्थानीयको गुनासोलाई सम्बोधन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले खानेपानी, सडक र बिजुलीका समस्यालाई गाउँपालिकाले क्रमश समाधान गर्दै जाने बताए । कार्यक्रम नेकपा काठेखोला गाउँपालिका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, खिमबहादुर छन्त्यालको स्वागत र कृष्ण थापाको संचालनमा सम्पन्न भएको थियो ।