राष्ट्रियतामा बीपीको अडान

बागलुङ, २५ भदौ – राष्ट्रियताको सबालमा बीपी कोइराला पछि अहिलेसम्म नेपालमा राजनीतिज्ञहरुले अडान लिन नसकेको एक कार्यक्रमका सहभागिले बताएका छन् । १०६ औं बीपी जयन्तीको अवसरमा प्रजातान्त्रिक बिचार समाजले गरेको बिचार गोष्ठीमा वक्ताहरुले भारत र चीन मात्र नभई तेस्रो मुलुकहरुको सम्बन्धमा पनि बीपीले अडान लिएका बिषय स्थापित भएको बताएका हुन् । चिनको सेनाले नेपालीमाथी आक्रमण गरेको र एक जनाको मृत्यु भएको घटनामा सन् १९६० मा ५० हजार जरिवाना तिराएको, भारतका नेताहरु ज्वहारीलाल नेहरुले आफ्ना अभिव्यक्ति फिर्ता लिएर माफी मागेको लगायतका घटना अझै नेपाली राजनीतिक ईतिहासमा अरुले गर्न नसकेको समेत उनीहरुको भनाई थियो । कार्यक्रममा समाजका अध्यक्ष गोबिन्दप्रसाद शर्मा कंडेलले कार्यपत्र प्रस्तुत गर्दै बीपीले जति अडान लिन सकेको भए नेपालको सिमा रक्षाका लागि मरेका शहिदहरुले न्याय पाउने बताए । ‘दिनदिनै जग्गा मिचिएको छ, नेपाली भूभाग जोगाउन लागेका नेपाली मारिएपनि सरकार संचालन गरेका कुनैपनि नेता बोलेनन्’ कंडेलले भने, ‘नेपाल सरकारले अडान लिंदा धेरै समस्या समाधान हुन्छन् ।’ भारतीय र चिनियाँ बिदेशमन्त्री र राजदुतकै भरमा नेपालको परराष्ट्रनीति पालना नभएको उनले बताए । कार्यक्रममा कांग्रेसका महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायले सरकारी जागिर खाएपनि बीपीका पिताबाटै राष्ट्रियता प्रति चिन्तन हुने गरेको बताए ।

‘पिताजी कृष्णप्रसाद कोइरालाले भन्सारबाट पठाएको लाखौं राजश्व राणाशाहीहरुले खाएकोले जनता दुःखमा बाँच्नुपरेको दृष्टान्ट छ’ उपाध्यायले भने, ‘गरिब किसानको फाटेको कपडा पार्सल बनाएर पठाएकै कारण बीपीको परिवार आजिवन देशनिकाला जस्तै भयो ।’ प्रधानमन्त्री भएकै बेला पनि तत्कालिन शासकले बीपीलाई अपदस्त गरेर जेल हालेको उनले बताए । कार्यक्रममा गण्डकी प्रदेश सदस्य मणीभद्र शर्माले बीपी बहुआयामिक व्यक्तित्वको धनी भएको बताए । उनले बीपी राजनीति, साहित्य, सामाजिक अभियान्ता र समावेशीकरणको अभियानमा फरक फरक रुपमा दक्षता राख्ने भएको बताए । ‘बीपीले राजनीतिक उचाई पाएपनि साहित्यमा राजनीति मिसाउनु भएन’ कंडेलले भने, ‘परराष्ट्र र सुरक्षाको क्षेत्रमा लिएकै नीतिले नेपाली सार्वभौम हुन् भन्ने प्रमाणित भएको छ ।’ बीपीको योगदान बुझ्ने र सच्चा श्रद्धाञ्जली गर्नेहो भने उनको त्याग र समर्पण सहितको संगठन गर्नुपर्ने बेला आएको बताए । बिद्यार्थी जगतमा बीपीको बिचार अझै पु¥याउनु पर्ने उनको धारणा थियो । सगरमाथा नेपालकै हो भन्नेमा बीपीले माओत्सेतुङ र तत्कालिन चिनिया प्रधानमन्त्री चाउएनलाई सँग अडान लिएकै कारण नेपालको एकल हिमाल बन्न सकेको उनले बताए । त्यसअघि दुइ देशको साझा हिमालको रुपमा चिनाउने प्रयास भएको थियो । भारतीय कांग्रेससँग कुनै बेला पनि बिचार नमिलेपनि नामको आधारमा बिभाजित गरिदिने चलन तथा बिचारमा अडिग नभएको कारणले कांग्रेस कमजोर भएको बताए । कम्युनिष्टले राष्ट्रियताको नारामा बहुमत ल्याएको भन्दै उपाध्यायले बीपीको राष्ट्रियताको अडानलाई उजागर गर्न नसकिएको टिप्पणी गरे । समाजका अध्यक्ष गोबिन्द कंडेलको अध्यक्षता, दिपक कंडेलको संचालन र सदस्य धनराज सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा केन्द्रीय अनुशासन बिभागका सदस्य छन्दबहादुर पहराई र कांग्रेस कावा सभापति नवराज पौडेलले पनि बीपीको बिचार अझै सान्दर्भीक भएकोमा चर्चा गरेका थिए । बीपीको १०६ औं जन्मजयन्तीको अवसर पारेरै कांग्रेसले दोश्रो चरणको गाउँ जागरण अभियान समेत थालेको छ । जिल्लाभर वृक्षा रोपण अभियानबाट सुरु भएको अभिायन घरदैलो, कार्यकर्ता भेटघाट र संगठन निर्माणमा केन्द्रीत हुने बताइएको छ ।