संविधान दिवश मनाईने

बागलुङ, २६ भदौ – संविधान दिवश बिभिन्न कार्यक्रम गरेर मनाईने भएको छ । मंगलवार मुल समारोह समितिको पहिलो बैठकले असोजको २, ३ र ४ गते बिभिन्न कार्यक्रम गरेर दिवश मनाउने तयारी गरेको हो । दिवशको अवसरमा मुल समारोह, प्रवचन, ¥याली र अन्य रचनात्मक कार्यक्रम गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले बताए । जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा गठित मुल समारोह समितिले बागलुङ नगरपालिका सहित जिल्लाका सबै कार्यालय, बिद्यालय, जनप्रतिनिधि, सामाजिक संस्थाले सदरमुकाममा संविधान दिवश मनाउने निर्णय गरेको हो । अन्य ९ वटा स्थानीय तहमा भने स्थानीय तहकै प्रमुखको अध्यक्षतामा गठन हुने समारोह समितिले कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको हो ।
दिवशको अवसरमा दिवापली, बाजागाजा र भजन सहितको ¥याली गर्नकालागि तयारी थालिसकिएको छ । २०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक भब्य रुपमा दिवश मनाउन लागिएको हो । जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा गठित समितिले दिवशको तयारी गरिरहेको छ । त्यसका लागि सबै दल, कर्मचारी, सामाजिक संघसंस्था, पत्रकार र नागरिकलाई समेत आब्हान गरिएको ढुंगानाले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले दिवशका लागि कर्मचारीहरुको अनिवार्य उपस्थितिका लागि समेत आग्रह गरे । दिवश सफल पार्न उद्योग बाणिज्य संघ, स्थानीय तहहरुले खानेपानी, चिया र अन्य व्यवस्थाका लागि सहयोग समेत गर्ने भएका छन् ।