जेष्ठ नागरिक संघको अध्यक्षमा राजभण्डारी

बागलुङ, २८ भदौ – जेष्ठ नागरिक जिल्ला संघ बागलुङको तेस्रो साधारणसभा तथा अधिवेशनले लालचन्द्र राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत रूपमा चयन गरेको छ । जिल्लामा रहेका जेष्ठ नागरिकको हकहितको लागि काम गर्ने उदेश्यले स्थापना भएको संघको उपाध्यक्षमा चरिन्जिबी कुमार श्रेष्ठ सचिव हरि सुवेदी कोषाध्यक्ष टेकनारायण शर्मा र सदस्यहरूमा महेन्द्र सिंह रायमाझी गोपाल बहादुर खड्का रत्नदेवी बज्राचार्य कपुर जंङ्ग राजभण्डारी कृष्णलाल राजभण्डारीभीमसेन कुमार श्रेष्ठ बिष्णु देवी राजभण्डारी निर्वाचित भएकाछन् ।समितिमा निबर्तमान अध्यक्ष काजी रोशन र ३ जना सदस्य समितिले मनोनित गर्ने प्रावधान रहेको जेष्ठ नागरिक संघले जनाएको छ ।

साधारणसभामा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री समाजसेवी देवबहादुर श्रेष्ठ कबिन्द्र सापकोटा लगायतका बक्ताहरूले जेष्ठ नागरिकको लागि सरकारले गर्नुपर्ने धेरै काम र दायित्व भए पनि त्यो गर्न नसकेको हुदा त्यसलाई पूरा गराउने तर्फ सबै लाग्नुपर्ने धारणा राखेका थिए । साधारणसभा तथा अधिवेशनमा सचिव हरिप्रसाद उपाध्यायले प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष काजी रोशनको अध्यक्षतामा सम्पन्न भएको थियो ।